आज कुन देशको मुद्राको सटही दर कति? यस्तो छ विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ६३ पैसा र बिक्री दर १३५ रूपैयाँ २३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ४८ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड स्ट्रर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ३० पैसा र बिक्री दर १७० रूपैयाँ ६ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ९३ पैसा र बिक्री दर १५२ रूपैयाँ ६० पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३० पैसा र बिक्री दर ८७ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ५० पैसा र बिक्री दर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ ९५ पैसा र बिक्री दर १०० रूपैयाँ ३९ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७५ पैसा र बिक्री दर ८ रूपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ५७ पैसा र बिक्री दर १८ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९३ पैसा र बिक्री दर ३७ रूपैयाँ ९ रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ८८ पैसा र बिक्री दर ३ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ६५ पैसा र बिक्री दर ३६ रूपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ २० पैसा र बिक्री दर ३० रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया