अमेरिकी डलरको मूल्य बढ्यो, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबार (जेठ २ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।  

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ।  युरोपिएन युरो एकको खरिद दर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा रहेको छ। 

त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा  र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा रहको राष्ट्र बैंकले जनाएको छ।  


प्रतिक्रिया