काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ९० पैसा र बिक्रि दर १३५ रूपैयाँ ५० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४२ रूपैयाँ ४ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ६२ पैसा र बिक्री दर १७१ रूपैयाँ ३८ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ७१ पैसा र बिक्रि दर १५३ रूपैयाा ३८ पैसा, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ र बिक्री दर ८८ रूपैयाँ ३९ पैसा, क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ६३ पैसा र बिक्री दर ९७ रूपैयाँ ६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ४४ पैसा र बिक्री दर १०० रूपैयाँ ८९ पैसा रहेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ।
आज ओमानी रियाल एकको खरिद दर ३५० रूपैयाँ ३७ पैसा र बिक्री दर ३५१ रूपैयाा ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar