काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ५ पैसा र बिक्री दर १३४ रूपैयाँ ६५ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ७२ पैसा र बिक्री दर १४८ रूपैयाँ ३८ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ ९३ पैसा र बिक्री दर १७५ रूपैयाँ ७१ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ५७ पैसा र बिक्री दर ८९ रूपैयाँ ९७ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ७४ पैसा र बिक्री दर ९९ रूपैयाँ १८ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ७० पैसा र बिक्री दर १०३ रूपैयाँ १६ पैसा रहेको छ।
जापानिज येन दशको दरिद दर ९ रूपैयाँ ४१ पैसा र बिक्री दर ९ रूपैयाँ ४५ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्