काठमाडौँ। आज सुनको भाउ तोलामा ११ सय रूपैयाँ घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको भाउ प्रतितोला ११ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९०० रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
6 Bhadra 2081, Bihibar 01:38 मा प्रकाशित
150