काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
बिहिबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९० पैसा र बिक्री दर १३४ रूपैयाँ ५० पैसा रहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा रहेको थियो।
त्यस्तै बिहिबार युरो एकको खरिद दर १४९ रूपैयाँ १२ पैसा र बिक्री दर १४९ रूपैयाँ ७८ पैसा रहेको थियो भने आज युरो एकको खरिद दर १४८ रूपैयाँ ५८ पैसा र बिक्री दर १४९ रूपैयाँ २५ पैसा रहेको छ।
त्सैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ६६ पैसा र बिक्री दर १७७ रूपैयाँ ४५ पैसा रहेको छ। बिहीबार युरो एकको खरिद दर १७७ रूपैयाँ १३ पैसा र बिक्री दर १७७ रूपैयाँ ९२ पैसा रहेको थियो।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रूपैयाँ ३२ पैसा र बिक्री दर ९१ रूपैयाँ ७३ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ९४ पैसा र बिक्री दर १०३ रूपैयाँ ४० पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ २६ पैसा र बिक्री दर ९ रूपैयाँ ३१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८८ पैसा र बिक्री दर १८ रूपैयाँ ९६ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६८ पैसा र बिक्री दर ३५ रूपैयाँ ८४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७४ पैसा र बिक्री दर ३६ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar