काठमाडौँ। गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रू ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ। आ.व. २०७९/८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो।
नापतौल कार्यालय अनुसार आ.व. २०७९/८० मा रू २८ लाख ८८ हजार तीन सय ५३ राजस्व सङ्कलन भएको थियो। यसैगरी, आ.व. २०७८/७९ मा रू १६ लाख ६२ हजार दुई सय १७ राजस्व सङ्कलन भएको छ।
विगतका वर्षहरूभन्दा नाप्नेतौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको सङ्ख्यमा वृद्धि, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरूको सङ्ख्या बढ्नु तथा जरिवाना तिर्नेहरूको सङ्ख्या बढ्दा राजस्व बढेको कार्यालयले जनाएको छ। आ.व. २०८०/८१ मा नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोगका लागि एक हजार पाँच सय २६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजतपत्र नवीकरण, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको सङ्ख्या २ हजार नौ सय आठ थियो।
साबिक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालयले गत आ.व.मा २ हजार ६ सय ३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेका जनाएको छ। कार्यालयले ३१ पटकमा २ सय ३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा २ सय ७२ वटा फर्मको संयुक्त अनुगमन भएको थियो। कार्यालयले एक वर्षमा पेट्रोलिय पदार्थ वितरण गर्ने ६० पम्पको जाँच तथा २ सय आठ पेट्रोलिय पम्पको नोजल जाँच गरेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar