आज कहाँ-कहाँ पर्छ पानी?

weather forecast

काठमाडौँ।  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको संभाबना रहेको छ। 

राती  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू/भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।      

प्रतिक्रिया