वास्तुअनुसार यसरी मिलाउनुहोस् अध्ययन कोठालाई

काठमाडौँ।  घरमा अध्ययनकोठा बनाउँदा वास्तु शास्त्रलाई पनि ध्यान दिन जरूरी छ। 

वास्तुशास्त्रलाई ध्यान दिइयो भने अध्ययन प्रति लगाव र तिष्ण बन्न सकिन्छ। अध्ययन गर्ने कक्षमा प्रयोग हुने रङ, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्ने गर्दछ। वास्तु शास्त्र अनुसार अध्ययन कक्ष बनाइदिँदा बच्चाहरूमा पढाईमा मन जाने गर्दछ। पढ्दाखेरी पूर्व फर्किनु राम्रो मानिन्छ। सुत्दा पनि पूर्वतिर सिरानी बनाउँदा विद्या प्राप्ती हुन्छ।

वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ।

अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व–उत्तर) हो। यो दिशाले एकाग्रता बढाउने काम गर्छ।

अध्ययन गर्ने टेबल वर्गाकार या आयातकार हुनु पर्छ। टेबल पुस्तकले भरिएको हुनु हुदैन।

अध्ययन कक्षका भित्तामा हल्का निलो, घिउ रङ, सेतो या हल्का हरियो रङ लगाउन सकिन्छ।

पढ्ने टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ। टेवल ल्याम्प राख्दा पनि सोही अनुसार राख्नुपर्छ।

किताबहरू राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर–पूर्व दिशामा राखिनु पर्छ।

बच्चाहरुलाई अध्ययन कक्षमै सुत्ने व्यवस्था हुनु पर्छ। पूर्व–उत्तर दिशामा पूर्वतर्फ सिरानी राखेर सुत्दा राम्रो मानिन्छ।

प्रतिक्रिया