काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ३५ पैसा र बिक्री दर १४९ रूपैयाँ १ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ७६ पैसा र बिक्री दर १७६ रूपैयाँ ५५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ७८ पैसा र बिक्री दर ९० रूपैयाँ १८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७४ पैसा र बिक्री दर ३६ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
1 Ashwin 2081, Sombar 07:51 मा प्रकाशित
116