आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौ। नेपाल राष्ट्र बैंकले आज अर्थात बैशाख २८ गते (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५३ रुपैयाा ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ७ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिद दर १८० रुपैयाँ ९७ पैसा र बिक्री दर १८१ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ९ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २७ पैसा र बिक्री दर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया