फागुन २५ , काठमाडौं । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।
उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।
25 Falgun 2080, Shukrabar 03:07 मा प्रकाशित
138