काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७४ पैसा, बिक्री दर १३५ रूपैयाँ ३४ पैसा रहेको थियो। मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७२ पैसा, बिक्री दर १३५ रूपैयाँ ३२ पैसा रहेको छ।
सोमबार युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ४ पैसा, बिक्री दर १४२ रूपैयाँ ६७ पैसा थियो। मङ्गलबारका लागि युरो एकको खरिद दर १४१ रूपैयाँ ९६ पैसा, बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ९६ पैसा र बिक्री दर १७० रूपैयाँ ७२ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ७६ पैसा, बिक्री दर १५२ रूपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८९ पैसा, बिक्री दर ८७ रूपैयाँ २८ पैसा रहेको छ।
त्सैगरी, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ५७ पैसा, बिक्री दर ९६ रूपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १६ पैसा, बिक्री दर १०० रूपैयाँ ६१ पैसा रहेको छ। यस्तै जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६९ पैसा, बिक्री दर ८ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar