आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ २८ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ३९ पैसा र बिक्री दर १४३ रूपैयाँ दुई पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ७ पैसा र बिक्री दर १७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५३ रूपैयाँ १ पैसा र बिक्री दर १५३ रूपैयाँ ६९ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७ पैसा र बिक्री दर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ २३ पैसा र बिक्री दर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ८५ पैसा र बिक्री दर १०१ रूपैयाँ २९ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ १ पैसा र बिक्री दर ९ रूपैयाँ ५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६२ पैसा र बिक्री दर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै,  युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ८३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ३५ पैसा र बिक्री दर ३० रूपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया