काठमाडौं । नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि उपलब्ध Access Code १४२४ को नयाँ महसुल दर सार्वजनिक गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिपछि मिति २०८१ पुस १५ गते राति १२ बजेदेखि लागू हुने गरी यो नयाँ दर तोकिएको हो।
नयाँ दरअनुसार Access Code १४२४ प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको शुल्क करबाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको छ।
भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retail Pulse Duration) पनि पुनःनिर्धारण गरिएको छ। Access Code १४२४, १४२५ र १४४५ को प्रयोगबाट भारतमा कल गर्दा अब ६० सेकेन्ड पल्स दर लागू हुनेछ।
नेपाल टेलिकमले यस कदममार्फत भारतमा सस्तो र प्रभावकारी कल सेवा उपलब्ध गराउँदै ग्राहकहरूको सुविधालाई प्राथमिकता दिएको जनाएको छ।
18 Poush 2081, Budhbar 05:40 मा प्रकाशित
86