पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू ३ घटाएको जनाएको छ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रू १ सय ६७ रहेकामा रू १०० सय ६२ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर रू १ सय ६९ रहेकामा रू १०० सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रू १०० सय ७० रहेकामा रू १०० सय ६५ कायम गरिएको छ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकोमा रु एक सय ५२ कायम गरिएको छ।  साथै दोस्रो वर्गका लागि रू १०० सय ५७ रहेकोमा रू १०० सय ५४ र तेस्रो वर्गका लागि रू १०० सय ५८ रहेकोमा रू १०० सय ५५ कायम गरिएको निगमले जनाएको छ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्।  साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ।

प्रतिक्रिया