विजय लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौँ।  विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। 

लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्री गर्न अनुमति माग गरेको हो।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ भने हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रूपैयाँ रहेको छ। 

प्रतिक्रिया