काठमाडौँ। सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आज वैशाख ३० गते मंगलबारदेखि आवेदन दिन सकिनेछ।
यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ।
यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्। यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रूपैयाँ पुग्नेछ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar