बाढीपहिरोमा परी २३३ जनाको मृत्यु

काठमाडौँ।  हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्। अन्य १६९ जना घाइते भएका छन्। 

गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ। सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरूद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।

प्रतिक्रिया