काठमाडौँ। कुमारी बैंक लिमटेडद्वारा मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले बेलबारी नगरपालिकासँगको समन्वयमा उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले युएसएडसँगको साझेदारीमा ‘देशै भरी वर्षै भरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गर्दै आएको छ। वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकले लिएको छ।
कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ। साथै, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामूलक सन्देशहरु विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले विगत २३ वर्ष देखि निरन्तर बैकिंङ सेवा दिंदै आएको जनाएको छ। कुमारी बैंकले आफ्नो देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिंङ इकाइहरू मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar