अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड लगायतको विदेशी मुद्राको भाउ घट्यो (हेर्नुहोस् सूचिसहित)

काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलर लगायतका विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ २० पैसा र बिक्री दर १३५ रूपैयाँ ८० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २५ पैसा र बिक्री दर १४२ रूपैयाँ ८८ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ २२ र बिक्री दर १७१ रूपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५२ रूपैयाँ ८८ पैसा र बिक्री दर १५३ रूपैयाँ ५६ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७२ पैसा र बिक्री दर ८८ रूपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३१ पैसा र बिक्री दर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ५३ पैसा र बिक्री दर १०१ रूपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ २ पैसा र बिक्री दर ९ रूपैयाँ ६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ५६ पैसा र बिक्री दर १८ रूपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ९ पैसा र बिक्री दर ३७ रूपैयाँ २५ पैसा रहेको छ।

थाइ भाट एकको खरिद दर ३ रूपैयाँ ९३ पैसा र बिक्री दर ३ रूपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ८१ पैसा र बिक्री दर ३६ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया