काठमाडौँ। लगातार दुई दिन परेको अविरल वर्षाका कारण देशले ठूलो आर्थिक तथा मानवीय क्षति ब्यहोर्नुपरेको छ। ठूलो संख्यामा घरहरू पहिरोले पुरिए भने कतिमा बाढी पसेर बगायो।
बाढी पसेर डुवानमा पर्ने घरहरूको कुनै लेखाजोखा छैन। काठमाडौँ उपत्यकामै खोलाको किनारमा रहेका अधिकांश घरहरु बाढीले डुबानमा परेका छन्। शहरमै ठूला सपिङ मल, हस्पिटल, होटेलदेखि स्कुल, कलेज र सरकारी भवनसम्म डुबानमा परेको देखियो।
देशभर बाढी र पहिरोले के कति घर पुरिए, के कति घर बगे र के कति घर डुबानमा परेर भनेर अझै यकिन तथ्यांक आएको छैन्। तीनै तहका सरकार यतिबेला मानवीय सेवा (उद्दार तथा राहत) मा खटिइरहेका छन्।
काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न र सुरक्षित भनिने हाउजिङ र अपार्टमेन्ट पनि बाढीबाट अछुतो रहेनन्। एक दर्जनभन्दा बढी हाउजिङ र अपार्टमेन्ट बाढी पसेर डुबानमा परेको अनुमान छ।
देशकै पुरानोमध्येको एक अपार्टमेन्ट स्तुपा कोलोनीको भुइँ तलामा बाढी पसेको छ। बागमती र धोवी खोलाको दोभान बुद्धनगरमा रहेको स्तुपा कोलोनीमा बाढी पसेपछि भुइँतलाका बासिन्दा प्रभावित भए। सम्भवतः पहिलो पटक स्तुपा कोलोनीभित्र बाढी पसेको हो।
बाढीले हात्तीवन क्षेत्र पनि धेरै प्रभावित भयो। हात्तीवनको वस्तीदेखि लिटिल एञ्जल स्कुल, जेम्स स्कुल पुरै डुबानमा परेका थिए। त्यहाँको मेरो सिटी अपार्टमेन्ट पुरै डुबानमा परेको छ।
यस्तै, बालकुमारीको हिल भ्यू हाउजिङ पनि डुबानमा परेको छ। इमाडोलको डाउनटाउन रेसिडेन्सी पनि डुबानमा पर्यो।
बालकुमारीको भेगास सिटीको बिचबाटै बाढी पसेको थियो। यस्तै, नख्खुमा रहेको सनराइज अपार्टमेन्टमा बल्खु खोला छिरेपछि पहिलो तला डुबानमा परेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar