काठमाडौँ। सरकारले नदी तथा खोला किनारमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा बासोबासको व्यवस्था मिलाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बाढीपहिरोबाट नदी तथा खोला किनारमा बसोबास गरिरहेकाहरू बढी प्रभावित भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर नदी तथा खोला किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो। वर्षातको समयमा आइरहने बाढीपहिरोबाट सबैभन्दा धेरै खोला किनारमा बस्ने प्रभावित हुँदै आइरहेको देखिएको छ।
सरकारले बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले १ अर्ब रूपैयाँ समेत उपलब्ध गराउने भएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अबिरल वर्षाका कारण मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ। बाढीपहिरोबाट देशमा ठूलो धनजनको क्षति भएको छ।
सरकारले एक साताभित्र लाभग्राही पहिचान गरेर अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रूपैयाँ प्रदान गर्ने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar