काठमाडौँ। एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याएको छ। सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले वैशाख १४ गतेदेखि औपचारिक रूपमा उक्त टिएमएस सञ्चालनमा ल्याएको हो।
नयाँ टिएमएसको सुरूवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्सले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्त्वपूर्ण कदम अघि बढाएको छ।
उक्त प्रणालीमार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने रियल टाइम अर्डर प्लेसमेन्ट र पोर्टफोलियो ट्रयाकिङ सुविधा तथा मोबाइल उपकरणहरूमा पनि सजिलो पहुँच रहेको छ।
एनआइएमबि स्टक मार्केट्स नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
कम्पनीपले ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्याउँदै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar