काठमाडौँ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज मंगलबार (जेठ २० गते) अन्तिम दिन हो।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।
आइपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले आज (मंगलबार) बैंकिङ समयपञ्चात बिक्री बन्द गरिने कम्पनीले जानकारी गराएको छ। विकास हाइड्रोपावरले जेठ ६ गतेदेखि स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको हो।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको शेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने) बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
यसका साथै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यसमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यसमा स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar