यस्तो छ आजको विनिमय दर (सूचिसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७ पैसा र बिक्री दर १३४ रूपैयाँ ६७ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ९५ पैसा र बिक्री दर १४८ रूपैयाँ ६२ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड स्र्टलिङ एकको खरिद दर १७५ रूपैयाँ ५८ पैसा र बिक्री दर १७६ रूपैयाँ ३७ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ४१ पैसा र बिक्री दर ८९ रूपैयाँ ८१ पैसा रहेको छ। 

क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ८१ पैसा र बिक्री दर ९९ रूपैयाँ २५ रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ७५ पैसा र बिक्री दर १०३ रूपैयाँ २१ पैसा रहेको छ। 

त्यस्तै, जापानीज येन दशको खरिद दर ९ रूपैयाँ ३६ पैसा र बिक्री दर ९ रूपैयाँ ४१ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७३ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्


 

प्रतिक्रिया