काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।
19 Baisakh 2082, Shukrabar 10:24 मा प्रकाशित
105
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar