काठमाडौँ। सुनको भाउले आज (भदौ ३० गते) फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ५०० रूपैयाँले बढेर १ लाख ५६ हजार ८०० रूपैयाँ कायम भएको छ।
यसअघि भदौ २८ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ४० रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
30 Bhadra 2081, Aaitabar 01:07 मा प्रकाशित
230
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar