काठमाडौँ। सरकारले सर्वसाधारणका लागि पैसा तिरेर धरहरा खुला गरेसँगै धरहरा चढ्ने मानिसहरूको भिड लाग्न थालेको छ।
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भिड लागेको हो।
धरहरा चढ्नलाई सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरूलाई १ हजार शुल्क तोकेको छ।
धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन्। सरकारले धरहरा व्यवसायीक रूपमा संचालन गर्नु स्वागतयोग्य भए पनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणले गुनासो गरेका छन्।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने खुसी छन्।
२०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar