सुनको मूल्यमा फेरी नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलामा?

काठमाडौँ।  सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ३१ गते) सोमबार छापावाल सुन प्रतितोला ५०० रूपैयाँले बढेर १ लाख ५७ हजार ३०० रूपैयाँ कायम भएको छ। 

यसअघि शुक्रबार तोलामा ३ हजार र आइतबार ५०० रूपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी पनि तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय १५ रूपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला रू १ हजार ९०० मा कारोबार भएको थियो। 


प्रतिक्रिया