सामाजिक सञ्जाल फेसबुक- म्यासेन्जरमा समस्या

फागुन २२, काठमाडौँ । मंगलबार साँझ ९ बजेपछि सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।  फेसबुक लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

प्रतिक्रिया