काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको बिक्री विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आज एक अमेरिकी डलर एकको खरिद १३५ रूपैयाँ २१ पैसा र बिक्री दर १३५ रूपैयाँ ८१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७ पैसा र बिक्री दर १४३ रूपैयाँ ७१ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ५७ र बिक्री दर १७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५४ रूपैयाँ ८ पैसा र बिक्री दर १५४ रूपैयाँ ७६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८३ पैसा र बिक्री दर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३० पैसा र बिक्री दर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ९२ पैसा र बिक्री दर १०१ रूपैयाँ ३७ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९८ पैसा र बिक्री दर ९ रूपैयाँ २ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६१ पैसा र बिक्री दर १८ रूपैयाँ ६९ पैसा रहेको छ। साउदी अरेबियन रियाल आज बढेर एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, कतारी रियालको भाउ भने आज स्थिर रहेको छ। आज कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ९ पैसा र बिक्री दर ३७ रूपैयाँ २५ पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ८१ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५९ पैसा र बिक्री दर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन १ सयको खरिदर ९ रूपैयाँ ५२ पैसा र बिक्री दर ९ रूपैयाँ ५६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar