काठमाडौँ। गुल्मी जिल्लाको ४ पालिकामा विधुत सेवा अवरुद्ध भएको छ। धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विधुत सेवा अवरुद्ध भएको हो।
यही भदौ १० गते राति आएको हावाहुरी, चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विधुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ। विधुत अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायतका काममा बाधा पुगेको छ। वितरण केन्द्रले मर्मत गरिरहेको जनाएको छ।
अहिलेसम्म उनायचौरको विधुत स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको वितरण केन्द्रले जानकारी दिएको छ। उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै ६ ठाउँमा बिग्रिएकाले मर्मत भइरहेको वितरण केन्द्रले जनाएको छ।
कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विधुत पुर्याउन मर्मतको काममा खटिएकाले आज दिनभरमा विधुत सञ्चालन गर्ने सम्भावना रहेको छ। गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विधुत पु¥याइएको छ।
वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विधुत आपूर्ति हुँदै आएको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar