काठमाडौँ। खराबकर्जा उच्च दरमा वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ।
राष्ट्र बैंकले समस्याउन्मुख देखिएको भन्दै बैंकलाई कर्जा दिन र निक्षेप लिन समेत रोक लगाएको हो। कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजना गर्दा राष्ट्र बैंकले तोके अनुसारको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने देखिएको भन्दै कर्जा निक्षेप लेनदेनमा रोक लगाएको हो।
राष्ट्र बैंकले कारोबारमा रोक लगाउँदै बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनिमय ३ बमोजिम ६ महिनाभित्रका लागि कर्जा निक्षेप लेनदेनमा रोक लगाएको छ। राष्ट्र बैंकले शीघ्र सुधारात्मक काराबाही अगाडि बढाएको जनाएको छ।
14 Mangsir 2081, Bihibar 09:56 मा प्रकाशित
248
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar