काठमाडौँ। हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ। डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका अनुसार असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने जनाएको छ। साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ र त्यसपछि जाडो महिना सुरू हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।
कीटजन्य रोग शाखाका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ। हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।
7 Ashwin 2081, Aaitabar 10:47 मा प्रकाशित
220
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar