सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ।  तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रूपमा ३ वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ। सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरू गर्न लागिएको हो। 

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार यी कक्षाको छनोटका लागि सूचना प्रकाशन गरिएको छ। सूचना प्रविधिमा २ वटा कोटा रहेका छन् भने अन्य २ कार्यक्रमका लागि ३० वटा कोटा रहेका उनले जानकारी दिए।

प्रधानाध्यापक पौडेलले स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका बताउँदै एसइई दिएर अनुत्तीर्ण भएकाहरुले समेत उक्त कक्षा लिन पाउने उल्लेख गरे। साथै विद्यार्थीलाई प्रतिदिन १ सयका दरले छात्रवृत्ति, पोशाक, २ लाखसम्मको दुर्घटना बीमा उपलब्ध हुने उनले जानकारी दिए। परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्कसमेत नलाग्ने उनको भनाइ छ।

यी कक्षा साढे ३ महिना विद्यालयमा सञ्चालन हुने र बाँकी सम्बन्धित कम्पनीमा प्रयोगात्मक परीक्षण हुने प्रअ पौडेलले बताए। सातामा ५ दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने भन्दै यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग पु¥याउने विश्वास लिइएको उनले उल्लेख गरे। 

प्रतिक्रिया