पूर्वराजाको समर्थनमा राजधानीभर र्‍याली, राजसंस्थाको पुनःस्थापनाको माग

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै हुनुहुन्छ। उहाँलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका समर्थकहरूले राजधानीमा विशाल र्‍याली आयोजना गरेका छन्।

राजधानीका विभिन्न ठाउँबाट जम्मा भएका समर्थकहरूले राष्ट्रिय झण्डा र पूर्वराजाको तस्बिर बोकेर राजतन्त्र पुनःस्थापनाको माग गर्दै नारा लगाएका छन्। र्‍यालीमा सहभागी समर्थकहरूले लोकतन्त्र र राजतन्त्रबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र वरिपरि सुरक्षाको व्यवस्था कडा पारिएको छ। यस र्‍यालीले काठमाडौंको सवारी व्यवस्थापनमा केही समय प्रभाव पारेको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाह केही समयदेखि देशभर भ्रमण गरी जनतासँग भेटघाट गर्दै आउनुभएको छ। यसअघि उहाँले पोखरामा पनि शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाट गर्नुभएको थियो।


प्रतिक्रिया