जग्गा किन्नु अघि विचार गर्नुपर्ने महत्वपूर्ण कुराहरू

काठमाडौँ।  जग्गा किन्दा प्राय ठगिने सम्भावना बढि हुन्छ यस्ता धेरै घटनाहरू प्राय सुनिरहेको हुन्छ। यस्तै घटना तपाईलाई पनि नपरोस भन्नको लागि तपाइले केहि कुरामा ध्यान दिनु पर्ने हुन्छ। 

घर जग्गा किन्दा ज्यादै साधारण कुराहरूमा ध्यान दिनु पर्दछ जुन ज्यादै महत्वपुर्ण छन्। प्रश्नहरु सोध्दै जादा जग्गवाला वा दलाल कतै अक्मकियो वा एउटा कुरा झुठो बोल्यो भने त्यहाँ गडबड छ भन्ने बुझ्न सकिन्छ भने कारोवारीसंग भेट्ना साथै यि प्रश्नहरू सोध्नुहोस।

यी प्रश्नहरूबारे बुझ्न जरूरी छ

१  जग्गा कसको नाममा छ रु

२  उसको परिवारमा श्रीमान, श्रीमति (संख्या सहित) , छोरा छोरी – उमेर सहित, कति जना छन्?  यसमा स्पष्ट हुन जरूरी छ। किनकी जग्गा किन्दा प्रत्येक हकवालाको सहमति चाहिन्छ।

३ खरीद प्रकृया शुरू हुँदा कागज लेख्दा र पास गर्दाको दिन सरोकार वाला सबै जम्मा हुन सक्छन् कि सक्दैनन्। सोही क्रममा एउटामात्र पनि अनुपस्थित भएमा काम नबन्ने वा लफडा पर्न सक्छ।

४ पुरानो बस्तीमा किन्दा चारकिल्लाका सधियाँरबाट सल्लाह लिनु अति राम्रो हुन्छ।

यदि माथिका प्रश्नको जवाफ आएमा मात्र जग्गा हेर्ने वा नहेर्ने, मूल्य घटबढ गराउने काम शुरू गर्दा राम्रो हुन्छ। जग्गामा के के कुराहरूलाई हेर्ने?

(क) जग्गाको सक्कली लालपुर्जा र नक्शा।

(ख) लालपुर्जा अनुसारको क्षेत्रफल र नक्शा अनुसारको आकार मिलेको छ वा छैन हेर्नु पर्दछ।

(ग)  नक्शामा बाटो छ, छैन यदि छ भने कति फिट छ?

(घ) नक्शा अनुसार फिल्डमा बाटो छ कि छैन?

यी ४ वटा कुरा मिलेपछि पनि कागज गरीहाल्नु हुँदैन, त्यो लालपुर्जा लिएर सिधै मालपोत कार्यालयमा जाने र कम्प्युटर शाखामा गएर यो लालपुर्जा अनुसारको जग्गा यहि मालिकको नाममा छ वा छैन? सोध्ने त्यहाँवाट, सबैकुरा मिलेको वा ठिकठाक भएपछि मात्र जग्गा किन्ने प्रकृया शुरू गर्नुपर्दछ।

लालपुर्जा लगेर सम्बन्धित मालपोत कारमा देखाई सकेपछि यदि जग्गा कसैको नाममा वा कुनै बैंक सहकारीबाट रोक्का राखिएको छ वा छैन  पत्ता लगाउन सकिन्छ। बैँक वा सहकारीको रोक्का छ भनेर पहिला भनिएको छ भने त्यो ठूलो समस्याको विषय रहेन यदि पहिला भनिएको छैन भने त्यसले फेरी शंका निकाल्दछ। 

रोक्का भएको जग्गा किन्नै नहुने भन्ने होइन् तर जग्गाको मूल्य भन्दा त्यहाँ फुकुवा गर्न लाग्ने मुल्य बढी भएमा त्यसले पनि समस्या ल्याउँदछ। कति ऋण वा कुन शर्तमा रोक्का रहेको हो त्यो कुरा बुझ्नु पर्दछ। मुद्दा परेर रोक्का भएको हो भने, वादी प्रतिवादी दुवै तिरबाट बुझेर किन्न मिल्ने ठहरे किन्नु पर्दछ। अन्यथा बैना दिइ हाल्नु हुँदैन। रातीमा र पानीआएको बेलामा जग्गा हेर्न जानु हुँदैन रातिको समयमा जग्गा हेर्न जाँदा धेरै कुराहरू मेसो पाउन सकिँदैन।  त्यसैले हाइटेन्सन लाईन त्यसका पोल आउँदै गरेको अवस्था पत्ता लगाउनका लागि पानी आएको बेलामा र रातिमा जग्गा हेरेर ढुक्क हुनु हुँदैन।

बाटोको सम्वन्धमा घडेरीलाई जग्गा किन्दै हो भने बाटो प्रमुख मुद्दा बन्न सक्छ। सामान्यतया अहिले काठमाण्डौ उपत्यकामा २० फिटबाटो नभई घर बनाउन पाईदैन। भुकम्प अघि १० फिट १८ फिटमा पनि बनाउन पाइन्थ्यो। यसको अर्थ जति सानो बाटोमा जग्गा किनिन्छ , त्यति धेरै आफ्नो लाल पुर्जाको जग्गाछोड्नु पर्दछ। सानो बाटोमा सस्तो र ठूलो बाटोमा महंगो पर्नुको मुख्य कारण पनि यहि हो। फिल्डमा बाटो छ नक्शामा छैन ज्यादै नै विश्वासिलो ठाउँमा वाहेक नक्शामा बाटो छैन भने जग्गा किन्न हुँदैन। फिल्डमा बाटो विभिन्न कारणले बनाइएको हुन सक्छ तर त्यो नक्शामा छैन भने त्यो जतिबेला पनि बन्द हुन सक्छ। 

नक्शा बीना अधिकार खोज्ने कानूनी आधार भने हुँदैन्।

प्रतिक्रिया