प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमै घरकर्जा

काठमाडौंँ। यो समय बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर घरजग्गामा लगानी गर्ने उपयुक्त समय हो। अहिले बैंकहरूले ब्याजदर घटाएर ७/८ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा उपलब्ध गाराउन थालेका छन्।

यसैका बीच प्रभु बैंकले ‘सपनाको घर, ८.४९% ब्याजदर’ नामक घरकर्जा स्किम सार्वजनिक गरेको छ। प्रभुले वार्षिक साढे आठ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ। 

अब घर खरिद गर्न, घर बनाउन वा घर बनाउने उद्देश्यले घडेरी खरिद गर्दा प्रभु बैंकबाट साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा सजिलै पाइने बैंकले जनाएको छ।

प्रतिक्रिया