काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज वैशाख १९ गते बस्दैछ।
सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरू हुने कम्पनीले जनाएको छ। यस कम्पनीको सभामा गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ। साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ।
यसका साथै, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाहलगायत वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक नै क्लोज गरिसकेको छ। तसर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar