काठमाडौँ। आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ तोलामा १०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रूपैयाँले घटेर १ लाख ५३ हजार ३०० रूपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो। त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रूपैयाँले बढेर १७ सय ९५ रूपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
27 Bhadra 2081, Bihibar 02:53 मा प्रकाशित
267
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar