काठमाडौँ। नेपाली बजारमा आज अर्थात जेठ १ गते (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।
यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
1 Jestha 2082, Bihibar 11:49 मा प्रकाशित
263