लगातार बढेको सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ। लगातार ५ दिन बढेको सुनको भाउ आज भने घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ। 

यसअघि आइतबार, सोमबार, मंगलबार बुधबार र बिहीबार सुनको भाउ क्रमशः ६००, ५००, ५३००, १७०० र ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि, बिहीबार छापावाल सुनको तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको १९ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया