काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले पर्सा शाखा स्थानान्तरण गर्ने भएको छ।
हाल पर्साको विरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा सञ्चालनमा रहेको रामपुर शाखा कार्यालय २०८२ जेठ ४ गते देखि पर्साको विरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित नयाँ भवनमा स्थानान्तरण भई बैंकिङ्ग सेवा तथा कारोबार सुरू गरिने बैंकले जनाएको छ।
साथै उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा यस कार्यालयमा रहेको लकर समेत स्थानान्तरण हुने भएकाले लकर सुविधा उपभोग गर्दै आएका ग्राहकहरूलाई लकर कुनै किसिमको टुटफुट हुने सरसामान राखिएको अवस्था भएमा स्थानान्तरण गर्ने समयमा सरसामानहरूमा क्षति हुन सक्ने भएकाले शाखा कार्यालय स्थानान्तरण गर्ने मिति अगावै बैंकको सो कार्यालयमा सम्पर्क गरी लकरमा भएको सरसामान निकाली सुरक्षित गर्न बैंकले एक सूचना मार्फत उल्लेख गरेको छ।
यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा गरेको बैंकको भनाइ छ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar