गोरखामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

बैशाख १४, गोरखा । गोरखा आँबुखैरेनी सडकखण्ड अन्तर्गत चौध किलोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका सिरानचोक गाऊँपालिका बस्ने वर्ष ४५ का अशोक गहतराजको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

गोरखा बजारबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग १३ प ९३२५ नम्बरको मोटरसाइकल शुक्रवार दिउँसो ३ वजेतिर सेन्ट मेरिज स्कुल नजिकै अनियन्त्रित भै सडक किनाराको पुलमा ठोक्किएर करीव ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गहतराज र उहाँकी श्रीमति सीता गहतराज घाइते हुनुभएको थियो । सीताको अवस्था भने सामान्य रहेको ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले जानकारी दिए।

प्रतिक्रिया