सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आज (मंगलबार) सुन–चाँदीको भाउ बढेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रूपैयाँले बढेर १ लाख ५२ हजार ४०० रूपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन १ लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया