काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्रधारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद खरिद दर १३३ रूपैयाँ ९० पैसा र बिक्री दर १३४ रूपैयाँ ५० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ७७ पैसा र बिक्री दर १४८ रूपैयाँ ४३ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद १७३ रूपैयाँ ३५ पैसा र बिक्री दर १७४ रूपैयाँ १३ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ६४ पैसा र बिक्री दर ९० रूपैयाँ ४ पैसा रहेको छ।
युएई दिराम एकको खरिद ३६ रूपैयाँ ४६ पैसा र बिक्रि दर ३६ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
4 Bhadra 2081, Mangalbar 08:20 मा प्रकाशित
171