काठमाडौं। म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविधुत आयोजना निर्माणको काम सम्पन्न भएको छ।
तुदी पावर कम्पनी लिमिटेड प्रवन्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरू गर्ने जनाएको छ। आयोजनाका अनुसार विधुतगृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविधुत आयोजना हो।
18 Baisakh 2082, Bihibar 09:32 मा प्रकाशित
293
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar