काठमाडौँ। नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ।
भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर उक्त योजना ल्याइएको हो।
योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको प्रस्ताव ल्याएको छ। यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
ग्राहकहरुको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ मा छुट्टै सेवा केन्द्र राखेको छ। शोमा सहभागी हुने ग्राहकलाई गाडी छनोट पश्चात कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ। यसका अतिरिक्त नबिल बैंकले ग्राहकलाई आकर्षित गर्न अन्य विभिन्न अफर पनि प्रस्तुत गरेको छ।
चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन विशेष योजना सार्वजनिक गरेको हो।
बैंकले हाल देशभर २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar