अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्यो, अन्य विदेशी मुद्राको सटही दर कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ९० पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा कायम रहेको छ। युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ ५२ पैसा र बिक्री दर १५० रूपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ ६८ पैसा र बिक्री दर १७९ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५६ रूपैयाँ ४८ पैसा र बिक्री दर १५७ रूपैयाँ १६ पैसा रहेको छ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ६९ पैसा र बिक्री दर ८७ रूपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८७ पैसा र बिक्री दर ९६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ २८ पैसा र बिक्री दर १०३ रूपैयाँ ७३ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिद दर ९ रूपैयाँ २९ पैसा र बिक्री दर ९ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ४ पैसा र बिक्री दर १९ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ७६ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ८३ पैसा र बिक्री दर ३७ रूपैयाँ ९९ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रूपैयाँ ९ पैसा र बिक्री दर ४ रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ५४ पैसा र बिक्री दर ३७ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ १६ पैसा र बिक्री दर ३१ रूपैयाँ २९ पैसा रहेको छ।  

यस्तै, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ४० पैसा र बिक्री दर ९ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ५४ पैसा र बिक्री दर १३ रूपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ४ पैसा र बिक्री दर २० रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया